Friday 25th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

टिक टक बनाउनुहोस, डेढ लाख सहित चलचित्रमा अभिनय गर्ने अवसर जित्नुहोस

Wednesday, September 2, 2020 Devil Singh Rajput

चितवन – बिश्वभर टिकटक निकै रुचाएको सामाजिक संजाल भएको छ जसको माध्यमबाट आफू भित्र भएको कला देखाउने अवसर आम नागरिकले पाएका छन्। नेपालमा टिकट्कले निक्कै बजार तताएको छ जस्को माध्यमबाट नयाँ प्रतिभावान युवाहरु कलाकारिता प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन। त्यसैको सेरोफेरोमा रहेर द जिएमआइ एकेडेमीको आयोजनामा मिस्टर एन्ड मिस टिकट्क प्रतियोगिता आयोजना हुने भएको छ।

यस्तै टिकटकको माध्यमबाट कलाकारितालाई प्रबर्धन गर्ने उदेश्यले द जिएमआइ एकेडेमीको आयोजना साथै ईभेन्ट पार्टनर सही हो संगको सहकार्यमा द बिगेस्ट टिकट्क प्रतिस्पर्धा हुन लागेको छ जुन प्रतिस्पर्धाबाट मिस्टर एन्ड मिस टिकट्क छनौट गरिने द जिएमआइ एकेडेमी्का सिईओ महेश लामिछानेले जनाएका छन ।

प्रतिस्पर्धामा भाग लिन चाहाने ईच्छुक प्रतिस्पर्धीहरुले भाद्र १३ देखि वितरण शुरु भएको अनलाइन फारम भर्नुपर्नेछ । आयोजना भर्चुल माध्यमबाट आयोजना हुन लागेकोले उत्त प्रतिस्पर्धामा बिश्वभर छरिएर बसेका आम नेपाली नागरिकले भाग लिन पाउनेछन्।

प्रतिस्पर्धाबाट प्रथम हुनेले १ लाख ५० हजार नगद साथै एक चलचित्रसंगै दुई ओटा म्युजिक भिडियोमा खेल्ने अबसर प्राप्त गर्नेछन् ।

त्यसैगरी दोस्रो हुनेले १ लाख नगद, वेभ सिरीज र एक म्युजिक भिडियोमा अबसर प्राप्त गर्नेछन् भने तेस्रो हुनेले ५० हजार नगदसहित एक म्युजिक भिडियोमा अबसर प्राप्त गर्ने अष्ट्रेलिया स्थित मेलवर्नमा रहेका आयोजक सुजन खरेलले जनाए ।