Wednesday 4th December 2024

    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै    पूर्व मन्त्री भण्डारीले गरे डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको कार्यालय उद्धघाटन    प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक    पञ्जावमा मैत्रियका बालबालिकाहरु विजयी    नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना

मल पाउने आशमा घण्टौं लाइनमा

Wednesday, September 2, 2020 National Power

चितवन –  धानमा राख्ने युरिया मल पाउने आशले कोरोना कहरमा पनि किसानहरु भीडभाडमा घण्टौं पालो कुरेर बस्न बाध्य छन् । भरतपुर महानगरपालिका–६ गीतानगरमा बुधबार बिहानैदेखि भीडभाड थियो ।

सर्वोदय बहुउद्देश्यीय सहकारीले १२० बोरा युरिया मल बाँड्दै थियो । मल लिन एक हजारभन्दा धेरै स्थानीय बिहान तीन बजेबाटै लाइन लागेका थिए । सहकारीले एक जनालाई १० केजीको दरले मल बाँड्यो । ६ सय जनाले मल पाए । अरु रित्तै फर्किए ।

चितवनमा निषेधाज्ञा छ । भेला, जमघट र हिँडडुल गर्न बन्देज छ । तर कोरोनाको जोखिम मोलेर लामबद्ध भएका किसानहरुमध्ये धेरैले मल नै पाएनन् । पाएकाहरुले पनि आवश्यकताभन्दा एकदम न्यून पाए । सहकारीका सचिव होमनाथ अधिकारी कम्तीमा तीन चार हजार बोरा मल आवश्यक पर्ने बेलामा सय बोरा मल आएको बताउँछन् ।