Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

अर्बौंकी मालिक हुन् हेमा मालिनीः थाहा पाउनुहोस् कतिको हो बंगला र गाडी ?

Wednesday, September 2, 2020 National Power

काठमाडौं – बलिउड नायिका हेमा मालिनीले फिल्मबाट निकै नाम कमाएकी छिन् । अहिले उनी राजनीतिमा सक्रिय छिन् । हेमा लामो समयदेखि भारतीय संसदकी सदस्य हुन् र अहिले मथुराबाट सांसद हुन् । हेमा मालिनीले बलिउडलाई थुप्रै हिट फिल्म दिएकी छिन् र ड्रिम गर्लबाट चर्चित नायिका राजनीति जगतमा पनि लगातार अघि बढिरहेकी छिन् । यदि नायिकाको सम्पत्तिको कुरा गर्ने हो भने उनी करिब १०१ करोड भारुकी मालिक हुन् र उनको सम्पत्तिमा कार, बंगला समावेश छन् ।
हेमाको सम्पत्ति पाँच वर्षमा ३४.४६ करोडको वृद्धि भएको छ । उनले आफूसँग बंगला, गर–गहना, रकमलगायतका सम्पत्ति भएको बताएकी छिन् । सन् २०१४ मा हेमाको ६६ करोड भारुको सम्पत्ति थियो जुन अहिले बढेर १०१ करोड भारु पुगेको छ ।

हेमाले पछिल्ला केही वर्षदेखि हरेक वर्ष १० करोड भारुको कमाई गरेकी छिन् । नायिकाको तर्फबाट दिइएको जानकारी अनुसार हेमा मालिनीसँग दुई कार जसमा मर्सिडिज र टोयोटाको एउटा कार छ । उनले मर्सिडिज सन् २०११ मा ३३.६२ लाखमा खरिद गरेकी थिइन् । यस्तै उनका श्रीमान् धर्मेन्द्रसँग १२३.८५ करोडको सम्पत्ति छ । यसबाहेक हेमा मालिनीमाथि ६.७५ करोड भारुको ऋण पनि छ । हेमा मालिनी र धर्मेन्द्र देओलसँग सन् २०१९ मा कूल २५० करोड भारु सम्पत्ति छ । यस्तै सन् २०१४ देखि २०१९ सम्म उनीहरुको सम्पत्तिमा ७२ करोडको बढोत्तरी भएको छ । नायिका सांसद बनेपछि पनि थुप्रै ब्रान्डसँग आबद्ध भएकी छिन् । फिल्मबाहेक उनको यसमार्फत् पनि कमाई हुन्छ ।