Friday 14th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

सीपीएल: सन्दीप लामिछाने सहभागी जमैकाले ट्रिनबागोसँग खेल्दै

Tuesday, September 1, 2020 National Power

काठमाण्डौ – क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा नेपाली बलर सन्दीप लामिछाने आबद्ध क्लब जमैका तालवाजले मंगलबार ट्रिनबागो नाइट राइडर्ससँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार बेलुकी पौने आठ बजे सुरु हुनेछ । ६ खेलमध्ये तीन खेलमा जित र तीन खेलमा हारसहित जमैका चौथो स्थानमा रहेको छ । ट्रिनबागो भने सबै खेलमा जित हात पार्दै १२ अङ्कका साथ पहिलो स्थानमा छ।

जारी प्रतियोगितामा सन्दीप लामिछानेले नौ विकेट लिइसकेका छन् । उनले ६ वटै खेल खेल्न पाएका छन् ।