Sunday 16th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

सुशान्तको न्यायको लागि अष्ट्रेलिया र लन्डनमा गुञ्जियो आवाज

Tuesday, September 1, 2020 National Power

मुम्बई – अभिनेता सुशान्त सिंह राजपुतको न्यायका लागि भारतका अलवा विभिन्न देशबाट पनि आवाज उठ्न थालेको छ । हालै लन्डनमा एक ट्रकमा सुशान्तको तस्बिर लगाएर न्यायको आवाज उठाइएको छ । केहीदिन पहिले यस्तै माग अमेरिकाको क्यालिफोनर्नियामा पनि देखिएको थियो । अमेरिकापछि अष्ट्रेलियाको ७ बिलबोड्र्समा पनि यस्तै आवाज देखिएको छ ।

अहिले लन्डनमा पनि उनको न्यायका मागहरु उठिरहेका छन् । सुशान्तकी बहिनी श्वेताले न्यायका लागि आवाज उठेको ट्रकको फोटो र भिडियो इस्टाग्रामबाट शेयर समेत गरेकी छन् । जसमा उनले लेखेकी छन्– ‘लन्डनमा पनि सुशान्तको न्याय माग गर्दै आवाज उठ्यो ।’

गत १४ जुनमा सुशान्तको मृत्यु भएको थियो । उनको मृत्यको करिब तीन महिना हुन लाग्दा पनि यो केस अझै सुल्झिएको छैन । हरेक दिन यो केससँग जोडिएर नयाँ नयाँ खुलासा हुने गरेका छन् । सिबिआइले समेत यस बिषयमा अनुसन्धान गरिरहेको छ । अहिलेसम्म यो केसमा सुशान्तकी प्रेमिका रियाको अलवा उनका भाई शौविक, निजी स्टाफ नीरज सिंह, दीपेश सावन्तलगायतलाई सोधपुछ गरिएको छ ।