Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

भारतद्वारा चीनले निहुँ खोजेको आरोप

Tuesday, September 1, 2020 National Power

नयाँदिल्ली- भारतले चीनसंगको पछिल्लो शानित वार्ताको दौरान चीनले सिमा सहमति उलल्ंघन गरेको अरोप लगाएको छ । भारतले चीनले लद्धाखमा रहेको सम्झौताको यथास्थिती परिवर्तनका लागि चीनले ‘ निहुँ खोज्ने खालका सैनिक गतिविध ’ संचालन गरेको पनि बताएको छ । जुनमा सो क्षेत्रमा चिनिया सैनिकसंग भएको भिडनतमा कमितमा २० जना भारतिय सैनिकको ज्यान गएको थियो ।

तर चीनले आफ्नो पक्षमा भएके मानविय क्षति विवरण भने गोप्य नै राखेको थियो । त्यतिवेला भने आणविक शक्ति समपन्न दुवै मुलुकले सिमा रेखा मिचेर भिडनतका लागि निहुँ खोजेको आरोप एकले अर्कालाई लगाएका थिए । त्यस भिडन्तमा गोली चलेको थिएन ।

एकले अर्कालाई लाठी मुँग्रो , मुक्का र ढुँगा प्रहार गरेका थिए । भारतले यस सम्बन्धमा लगाएको पछिल्लो आरोपबारे चीनले अझै सम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन । नयाँ दिल्लीले २९ अगष्टको राति पान्गोंग त्सो तालको दक्षिणी किनारामा भएके चिनिया गतितविध प्रति भारतिय फौजले अवारोध तेर्साएको जनाएको छ ।

दिल्लीले आफु शान्तिवार्ताको माध्यमबाट समस्याका समाधानहरु सुल्झाउन तयार रहेको तथा आफ्नो भूभाग जोगाउन पनि दृढ रहेको बताएको छ । लद्धाखको घटनामा कम्तिमा अन्य ७६ जना भारतिय सैनिक घाइते भएका खबर आजको समाचारपत्रले उल्लेख गरेको छ ।