Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

५० प्रतिशत छुटमा वडा बासीलाई कोरोना विमा गराउँदै पाँचखालका वडा अध्यक्ष

Sunday, August 30, 2020 National Power

 

पाँचखाल – कोरोनाको महामारी चलिरहेको वेलामा वडाबासीहरुको स्वास्थ्यलाई ख्याल गर्दै पाँचखाल नगरपालिका वडा नं २, ३, ४,५ र ९नं वडा अध्यक्षहरुले ५० प्रतिशत छुटमा कोरोना विमा गर्न सिफारिस दिन थालेका छन् ।
रु १ लाखको विमाङ्क बराबरको विमा गर्न रु ६०० आवश्यक पर्ने भएपनि वडागत हिसावमा सिफारिस लैजाँदा ५० प्रतिशत अर्थात ३०० रुपैयामानै कोरोना विमा हुनेछ । पाँचखाल नगरपालिका वडा नं २ का अध्यक्ष हरि खतिवडा, वडा नं ३ का अध्यक्ष सुन्दर अधिकारी, वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामा। वडा नं ५ का अध्यक्ष बालकृष्ण सापकोटा र वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठले न्यून आय स्तर भएका तथा आर्थिक अवस्थाकै कारण कोरोना विमा गर्न नसक्ने परिवारका सदस्यहरुको लागि सहयोग पुग्ने बताउनुभयो । वडा नं ९ का अध्यक्ष श्रेष्ठले शुरु गर्नुभएको विमा कार्यक्रम अन्य वडामा समेत शुरु भएको छ ।

पाँचखाल वडा नं ४ का वडा अध्यक्ष लामाले वडा भित्र रहेका अति विपन्न, एकल विधवा महिलाको हकमा आफ्नो व्यक्तिगत खर्चमा निशुल्क विमा गरिदिने जानकारी दिनुभयो ।