Sunday 3rd November 2024

    ५० प्रतिशत सेयर र निःशुल्क प्रोमोको सुविधा पाउन निर्माता संघको सदस्य हुनै पर्ने    सरकार ढल्ने दिवा सपना नदेखे हुन्छः प्रधानमन्त्री    कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारी गर्दै नेकपा (माओवादी केन्द्र)    सुनको भाउ हालसम्मकै उच्च विन्दुमा    हमासका प्रमुख याह्या सिन्वरको इसराइली आक्रमणमा मृत्यु

फ्रान्समा फेरि फर्कियो कोरोना महामारी, २४ घण्टामै ७ हजारभन्दा धेरै संक्रमित

Sunday, August 30, 2020 National Power

काठमाडौं -फ्रान्समा कोरोना भाइरसको महामारी फेरि नियन्त्रणबाहिर पुुगेको छ । शुक्रबार संक्रमित हुनेको संख्या विगत ५ महिनायताकै सर्वाधिकरह्यो ।  राष्ट्रपति इम्मानुुयल माक्रोनले देशलाई अर्को लकडाउनबाट जोगाउनका लागि सक्दो सबै कोसिस गरिने बताएका छन् । शुक्रबार ७ हजार ३ सय ७९ जनामा संक्रमण देखियो, फ्रान्समा मार्च ३१ मा सर्वाधिक ७ हजार ५ सय ७८ जनामा संक्रमण देखिएको थियो । अहिलेको संख्या त्यसयताको सर्वाधिक हो ।

त्यस्तै २० जनाले शुक्रबार ज्यान गुमाए । फ्रान्सले यसअघि मार्चयता पहिलोपटक विद्यालय खोल्ने तयारी गरेको थियो । अवस्था सामान्य नै रहेको भए आगामी साता मंगलबारबाट विद्यालय खोल्ने योजना बनेको थियो । तर, सिंगो युरोपमै महामारीको दोस्रो लहर फैलिएका बेला फ्रान्समा भयावह अवस्था सिर्जना भयो । पोर्चुगलमा पनि कोरोना भाइरस संक्रमितको संख्या बढ्दै छ । त्यस्तै, बेलायत सरकार पनि संक्रमितको संख्या बढ्नसक्ने भयमा छ ।

संक्रमितको बढ्दो संख्याले विभिन्न देशका सरकारलाई फेरि सटडाउट गर्न बाध्य बनाउने सम्भावना पनि निम्त्याएको छ । फ्रान्सका राष्ट्रपति माक्रोनले कुनै पनि परिस्थितीलाई स्विकार गर्न सकिने अवस्था नरहेको बताएका छन् । ‘हामीले अर्को लकडाउन रोक्नका लागि र खासगरी राष्ट्रव्यापी लकडाउन रोक्नका लागि सक्दो सबै गरेका छौं,’ माक्रोनले भने ।

फ्रान्सको स्वास्थ मन्त्रालयले कोरोनाको संक्रमण निकै तिव्र फैलिएको जनाएको छ । जुलाई २९ मा फ्रान्समा केवल ९ सय २४ जनामा संक्रमण देखिएको थियो ।
महामाारीबाट सुरुमै प्रभावित हुने युरोपेली देशहरुमध्ये फ्रान्स एक हो । महामारी नियन्त्रणबाहिर पुगेपछि यहाँ मार्चदेखि नै नियम कडा बनाइएको थियो । यसका बाबजुद, कुल २ लाख ७२ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भयो । नयाँ संक्रमितको संख्या बिस्तारै कम हुँदै गएपछि गत जुन १५ देखि लकडाउन खुकुुलो गरिएपनि अहिले फेरि संक्रमण दर उकालो लाग्न थालेको हो ।