Thursday 5th December 2024

    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै    पूर्व मन्त्री भण्डारीले गरे डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको कार्यालय उद्धघाटन    प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक    पञ्जावमा मैत्रियका बालबालिकाहरु विजयी    नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना

कोरोनाबाट पाटन अस्पतालमा तीन जनाको मृत्यु

Sunday, August 30, 2020 National Power

ललितपुर – ललितपुरको पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, रुपन्देही र महोत्तरीका रहेका छन् ।

अस्पतालका निर्देशक डा रवि शाक्यका अनुसार ललितपुरको पाटनका २९ वर्षीय पुरुषको मृत्यु भएको छ भने रुपन्देहीको भैरहवाका ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।

पाटनका युवकको गएराति १० बजे मृत्यु भएको थियो भने जलेश्वरकी महिलाको शनिबार दिउँसो २ बजे मृत्यु भएको थियो। यस्तै भैरहवाका पुरुषको पनि शनिबार साँझ ७ बजे मृत्यु भएको थियो ।