Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कोटेश्वरका १९ ट्राफिक प्रहरीलाई कोरोना संक्रमण

Saturday, August 29, 2020 National Power

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीलाई कोरोना भाइरस संक्रमण भएको छ ।शुक्रवार साँझमात्रै १७ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । त्यसअघि दुईजनालाई संक्रमण देखिएको थियो । शुरुमा देखिएका दुईजनाको ‘क्लोज कन्ट्याक्ट’मा रहेका ३३ प्रहरीको पीसीआर जाँच गर्दा १७ जनाको कोभिड–१९ पोजेटिभ रिपोर्ट आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए ।संक्रमित ट्राफिकलाई प्रहरी अस्पताल महराजगञ्जको आइसोलेशनमा भर्ना गरिएको छ । रिपोर्ट नेगेटिभ आएका ट्राफिक प्रहरीहरु नियममित ड्युटी गरिरहेका छन् ।
त्यस्तै, महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जमा १४ जना ट्राफिकलाई कोरोना संक्रमण देखिएको छ । महाराजगञ्जका संक्रमित मध्ये दुईजना कोरोना जितेर नियमित ड्युटीमा फर्किसकेका छन् ।
काठमाडौं उपत्यकामा हालसम्म ११० जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।