Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

कोभिड-१९ विरुद्धको खोप खरिद गर्न युरोपेली आयोगद्वारा सम्झौता

Friday, August 28, 2020 National Power

काठमाण्डौ – युरोपेली आयोगले कोभिड-१९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा सम्झौता गरेको बताइएको छ । बताइएअनुसार उक्त खोप बनाएको भनिएको ‘फर्मास्युटिकल कम्पनी आस्ट्रा जेनेका’सँग सो सम्झौता गरेको हो ।

युरोपेली आयोगका स्वास्थ्य तथा खाद्य सुरक्षासम्बन्धी प्रमुख स्टेला क्रियाकिदेशले उक्त कोभिड १९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा बिहीबार सो सम्झौता गरेका हुन् ।

प्रमुन निकोसियाले उक्त कम्पनीसँग खोप खरिद गर्ने विषयमा आफूले सम्झौतामा हस्ताक्षर गरेको एक टेलिभिजन सम्बोधनका क्रममा जानकारी दिएका हुन् । सो सम्बन्धी सम्झौतापत्रमा बिहीबार आयोगको कार्यालय परिसरमा नै हस्ताक्षर भएको पनि उनले बताए । यो सम्झौता पत्रमा उक्त कम्पनीसँग युरोपेली आयोगले ३० करोड भायल खोप किन्ने बारेमा सहमति गरेको हो । उक्त खोप युरोपेली युनियनले खरिद गर्न सक्नेछ । सम्झौता पत्रमा उक्त खोपहरु युरोपेली युनियनका सदस्य राष्ट्रहरुले नै खरिद गर्न पाउने छन् । उक्त कम्पनीले अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर सो खोप उत्पादन गर्ने बताएको हो । यो खोप कोरोना भाइरसका विरुद्धमा दिइने छ ।

उक्त खोप ट्रयलमा रहेको छ । कोभिड १९ का खोपहरु अरु देशहरुले पनि विकास गरिरहेको बताएका छन् तर पनि अरुभन्दा यो बढी प्रभावकारी देखिएको बताइन्छ ।