Friday 14th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

सुशान्तका पिताले भने, ‘मेरो छोरालाई विष खुवाइयो’स रियाले भनिन्, ‘म र मेरो परिवारलाई ज्यानको खतरा’

Friday, August 28, 2020 National Power

काठमाडौं-सुशान्त मामिलामा सिबिआईको अनुसन्धानबीच सुशानतका पिता केके सिंहले रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएका छन् । उनले भने, ‘रियाले लामो समयदेखि मेरो छोरालाई विष दिइरहेकी थिइन् । उनी सुशान्तकी हत्यारा हुन् । अनुसन्धान एजेन्सीले रिया र उनका साथीहरुलाई पक्राउ गरेर सजाय दिनुपर्छ ।’

नायिकाले बिहिबार इन्स्टाग्राम पोस्टमा भनिन्, ‘मलाई र मेरो परिवारलाई ज्यानको खतरा छ । हामीले प्रहरीलाई बताएका छौं तर कसैले केही मद्दत गरेनन् । अनुसन्धान एजेन्सीसँग पनि मद्दत मागियो तर कुनै फाइदा भएन । मुम्बई प्रहरीलाई हाम्रो सुरक्षाका लागि अपिल गर्दछौं ता कि अनुसन्धान एजेन्सीलाई सहयोग गर्न सकूँ ।’