Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

बालबालिकामा कोरोनाको गम्भीर संक्रमण दुर्लभ, मृत्यु झनै दुलर्भ

Friday, August 28, 2020 National Power

काठमाडौं  – वयस्कभन्दा बालबालिका तथा किशोरहरुमा कोभिड–१९ को संक्रमण दुर्लभ भएको र यसबाट मृत्यु हुने सम्भावना झनै दुर्लभ भएको बेलायतमा गरिएको एक अनुसन्धानले बिहिबार बताएको छ । बेलायतका १ सय ३८ अस्पतालमा भर्ना भएका बिरामीमध्ये एक प्रतिशतभन्दा कम बालबालिका थिए र तीमध्ये एक प्रतिशतभन्दा कम वा ६ जना बालबालिकाको मात्रै मृत्यु भएको अनुसन्धानले देखाएको छ । मृत्यु भएकाहरु पनि पहिले नै कुनै रोगबाट ग्रस्त भएको बताइएको छ ।

‘हामी निश्चित रुपमा यो भन्न सक्छौं कि कोभिडले बालबालिकालाई खासै हानी पुर्याएको छैन,’ अनुसन्धानमा संलग्न बेलायतस्थित युनिभर्सिटी अफ लिभरपुलका प्राध्यापक माल्कोम सेम्पलले बताए ।

‘यो अनुसन्धानमार्फत् के पत्ता लागेको छ भने कोभिड–१९ ले भयानक संक्रमण गर्ने सम्भावना न्यून न अझ यसबाट मृत्यु हुने सम्भावना झनै कम छ । तसर्थ अभिभावकले आफ्नाा सन्तानलाई पुनः विद्यालय पठाउन त्यति विचलित हुनु पर्नेछैन ।’ विश्वव्यापी रुपमा हेर्ने हो भने कोरोनाभाइरस महामारीले बालबालिका तथा किशोरलाई १ देखि २ प्रतिशत मात्रै प्रभाव पारेको छ । संक्रमण देखिएका बालबालिकामा पनि कोहीमा हल्का लक्षण देखिएको छ भने कसैमा लक्षण नै देखिएको छैन । यसका कारण निकै थोरै मात्रै बालबालिकाको मृत्यु भएको छ ।

बीएमजे मेडिकल जर्नलमा प्रकाशित यो अनुसन्धानका लागि सेम्पलको समूहले जनवरी १७ देखि जुलाई ३ सम्म कोभिड–१९ द्वारा संक्रमित १९ वर्ष मुनिका ६ सय ५१ बालबालिका तथा किशोरहरुको अध्ययन गरेका थिए । –रोयटर्स