Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

कोरोना संक्रमित किशोरी निको भएर घर फर्किन्

Thursday, August 27, 2020 National Power

काभ्रे- नमोबुद्ध नगरपालिकाकी कोरोना संक्रमित किशोरी उपचारपछि घर फर्किएकी छन् । १७ बर्षीया किशोरीलाई कोरोना संक्रमण देखिएपछि उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो ।पछिल्लोपटक गरिएको पिसिआर परीक्षणमा कोरोमा संक्रमण नेगेटिभ देखिएसँगै बिहीबार उनलाई डिस्चार्ज गरिएको हो । अब उनी १४ दिन होम क्वारेन्टाइनमा बस्नेछिन् ।

बिरामी भएपछि स्थानीय एक क्लिनिकबाट शिर मेमोरियल अस्पताल बनेपा हुँदै धुलिखेल अस्पताल पुगेकी उनको उपचारको क्रममा पिसिआर परीक्षण गर्दा साउन ३१ गते कोरोना संक्रमण देखिएको थियो । उनलाई कोरोना पुष्टि भएपछि गरिएको कन्ट्र्याक ट्रेसिङको क्रममा उनको परिवारका सदस्य र प्रारम्भिक उपचार गरिएको क्लिनिकका स्वास्थ्यकर्मीमा भने संक्रमण पाइएन ।

नमोबुद्ध नगरपालिकामा हालसम्म पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये चारजना निको भई घर फर्किएका छन् भने वडा नंवर ११ का एक पुरुषको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उनलाई संक्रमण पुष्टि भएपछि कन्ट्र्याक ट्रेसिङको क्रममा बुधबार वडा नंवर ११ का ३५ जनाको स्वाब संकलन भइसकेको छ भने रिपोर्ट आइसकेको छैन ।