Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, २४ घण्टामा ७६ हजारभन्दा बढी संक्रमित

Thursday, August 27, 2020 National Power

काठमाण्डौ -भारतमा पछिल्लो २४ घण्टामा ७६ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन्। यो संख्या एक दिन अर्थात् २४ घण्टामा देखिएको सबैभन्दा धेरै संक्रमण संख्या हो। योसँगै भारतमा कोरोना संक्रमणको मामला ३३ लाख नाघेको छ।

योभन्दा पहिले २२ अगस्टमा सबैभन्दा धेरै ७० हजार ६७ नयाँ संक्रमित फेला परेका थिए।पछिल्लो २४ घण्टामा भारतमा भेटिएको उक्त संख्या विश्वमा एकै दिन ठूलो संख्यामा संक्रमित फेला परेको तेस्रो पटक हो।

यसैगरी बितेको २४ घण्टामा ५६ हजार १९१ कोरोना बिरामीहरु ठीक भएर घर फर्किएका छन् भने एक हजार १७ जनाको कोरोनाका कारण मृत्यु भएको छ। भारतमा हालसम्म कोरोनाबाट ६० हजार ५ सय ४३ जनाको ज्यान गइसकेको छ।

भारतमा हरेक दिन संक्रमितको संख्या बढ्ने गति विश्वकै सबैभन्दा तीव्र देखिएको छ। दोस्रो नम्बरमा अमेरिका र ब्राजिल रहेका छन्। भारतमा हरेक १० लाख मानिसहरुमा २७ हजार २४३ जनाको कोरोना परीक्षण भइरहेको छ। तीमध्ये २ हजार ३९३ मानिस संक्रमित पाइएका छन् भने ४४ जनाको मृत्यु भएको पाइएको छ।