Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

दुई करोड ४३ लाख संक्रमित मध्ये आठ लाख २९ हजार बढीको मृत्यु, झण्डै एक करोड ६९ लाखले जिते कोरोना

Thursday, August 27, 2020 National Power

काठमाडौं-विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४३ लाख ३० हजार सात सय १९ पुगेको छ ।

त्यस्तै,विहिबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख २९ हजार ६ सय १९ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ६८ लाख ७२ हजार चार सय ९७ नाघेको छ । गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

त्यस्तै, आज विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार चार सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १९ हजार पाँच सय चार जनाले कोरोना जितेका छन भने एक सय ७५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।बुधबार मात्रै नेपालमा ११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।