Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

‘चिनियाँ दुतावासबाट १५ लाख लिएको’ समाचारप्रति प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार राजन भट्टराईको आपत्ती

Wednesday, August 26, 2020 National Power

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामला सल्लाहकार डा। राजन भट्टराईले चिनियाँ दुतावासबाट तीन वर्ष अघि एउटा अध्ययनका लागि लिएको १५ लाख रुपैयाँको विषयको खबरहरु प्रकाशित भएपछि ध्यानाकर्षण जनाएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत् देश र जनतालाई आघात पार्ने काम नगरेको भन्दै भ्रममा नपर्न आग्रह गरेका हुन् ।

भट्टराईले आफ्नो विषयमा आएको समाचारलाई पछ्याएर नेपालका केही अनलाइनहरुले अतिरञ्चित प्रचार गरेको भन्दै त्यसमा कुनै सत्यता नभएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘भारतीय एक मिडियामा आएको समाचारलाई पछ्याएर नेपालका केही अनलाइनहरुले मेरो विषयमा गरेको अतिरञ्जित प्रचारमा सत्यता छैन ।’ भट्टराईले समाचारमा उल्लेख भए अनुसार नेपाल भारत सम्बन्धका लागि भनी बुझेको रकम नलिएको नभनेपनि राज्यको जिम्मेवारी लिइरहँदा जिम्मेवारीको मर्यादा र सीमालाई उल्लंघन गरेर देश र जनतालाई आघाट पर्ने काम नगरेको बताएका छन् ।

यसअघि फ्रान्सका पत्रकार रोल्यान्ड ज्याकर्डले ग्लोबल वाच एनालिसिसमार्फत् डा। राजन भट्टराईले चिनियाँ राजदूतावासबाट तीन वर्ष अघि १५ लाख रुपैयाँ लिएको खुलासा गरेका थिए । उनले उक्त रकम नेपाल भारत सम्बन्धको बारेमा रिसर्च गर्ने भन्दै लिएको खबरमा भनिएको छ । भट्टराईले नेबिल बैंकमार्फत् उक्त रकम बुझेको हस्ताक्षरसहित विवरण समेत ग्लोबल वाच एनालिसिसले सार्वजनिक गरेको थियो ।

उक्त प्रोजेकट १५ अक्टोबर सन् २०१७ देखि ३० डिसेम्बर २०१७ सम्मको रहेको र नेपाल भारतबीचको सन् १९५० को सन्धीसँग सम्बन्धि विषयबारे रिसर्च गर्ने उल्लेख छ ।

भट्टराईले फेसबुकमा लेखेका छन्ः ‘भारतीय एक मिडियामा आएको समाचारलाई पच्छ्याएर नेपालका केही अनलाइन हरुले मेरो विषयमा गरेको अतिरञ्जित प्रचारमा सत्यता छैन । मैले राज्यको जिम्मेवारी लिइरहँदा जिम्मेवारीको मर्यादा र सीमालाई उल्लंघन गरेर देश र जनतालाई आघात पार्ने काम गरेको छैन । इपीजीको जिम्मेवारी लिएको बेला त्यसले निर्धारण गरेको आचारसंहिता र नियमलाई उल्लंघन हुने काम भएको छैन । दुष्प्रचारबाट भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।’