काठमाडौँ – मुलुकभर थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
हालसम्म संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको उनले जनाए ।