Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नेपालमा थप ७४३ जनामा कोरोना, संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुग्यो

Monday, August 24, 2020 National Power

काठमाडौँ -पछिल्लो २४ घन्टामा थप ७४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको बताएका छन् ।

२४ घन्टामा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १७५ जना रहेको छ । योसँगै हालसम्म निको हुनेको संख्या १८ हजार ८ सय ६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार सोमबारसम्म पीसीआर विधिबाट ६१०४६९ परीक्षणहरु गरिएका छन् ।त्यसैगरी २४ घण्टामा जम्मा १० हजार २३४ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार २ सय ७५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १३ हजार ७१५ जना रहेको छ ।