Sunday 16th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

रसियन भ्याक्सिनबारे नेपालमा चासो, राजदूतसँग डा.ज्ञवाली र डा.भट्टराईको भेटवार्ता

Monday, August 24, 2020 National Power

काठमाडौं- नेपाल स्वास्थ्य अनुशन्धान परिषदका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली र वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईले नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभसँग भेटवार्ता गरेका छन् । सोमबार रसियन दूतावासमा भएको भेटवार्तामा रुसले विकास गरेको कोरोना भ्याक्सिन दिन रुसले नेपाललाई उच्च प्राथमिकतामा राखेको विश्वास दिलाएका थिए । भेटमा राजदूतले नोभिकभले रसियाले विकास गरेको उक्त भ्याक्सिन आफ्ना नागरिकलाई प्रयोग गर्न थालिसकेकोबारे जानकारी गराएका थिए ।

राजदूतले ह्युमन ट्रायल पूरा गरेर प्रयोग सुरु गरिएको जनाएका थिए । भेटमा सहभागी डा.भट्टराईका अनुसार राजदूतले नेपाललाई पहिलो प्राथमिकतामा राखेको कुरा बताएका थिए । राजदूतको भनाई उद्धृत गर्दै डा.भट्टराईले भने,“नेपालले भ्याक्सिन किनेर सप्लाई गर्न चाहेपनि हामीले प्राथमिकतामा राखेका छौं । हामी नेपाललाई सबै किसिमको सहयोग गर्न तयार छौं ।”

भेटमा परिषदका कार्यकारी प्रमुख डा.प्रदीप ज्ञवालीले रसियाले विकास गरेको भ्याक्सिनलाई आफूहरुले विशेष प्राथमिकतामा राखेको बताएका थिए । डा. भट्टराईको पहलमा उक्त भेटवार्ता भएको थियो ।

यसअघि राजदूत नोभिकभले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा पनि डा. भट्टराई सहभागी थिए । उक्त भेटवार्तामा राजदूतले रुसले विकास गरेको कोरोना भ्याक्सिन नेपाललाई प्राथमिकताका साथ दिन तयार रहेको बताएका थिए ।

उनले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अर्डर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने बताएका थिए। ‘रसियाले तयार पारेको भ्याक्सिन नोभेम्वरमा विश्व बजारमा आउनेछ। नेपाललाई प्रथामिकतामा राखेर उपलब्ध गराउन सकिन्छ’–राजदूत नोभिकभले अध्यक्ष तिमिल्सिनासँगको भेटमा भनेका थिए ।

तिमिल्सिनाले रुसद्वारा सफल परीक्षण भएको भ्याक्सिनले छिट्टै विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने विश्वास व्यक्त गरेका थिए।