Saturday 22nd March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

काठमाडौंमा संक्रमितको संख्या बढेपछि

Saturday, August 22, 2020 National Power

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको बेला काठमाडौं महानगरपालिकाले शहरका बिभिन्न स्थानमा निःसंक्रमण (डिसइन्फेक्सन)को काम जारी राखेको छ ।

शनिबार बिहानै पनि ट्यांकरबाट औषधि छर्किएर निःसंक्रमण गरिएको छ । सडक, सडक किनारका संरचना र बोटबिरुवाहरुमा समेत औषधि छर्किइएको छ ।

शनिबार बिहान न्यूरोड, रत्नपार्क, बागबजार, पुतलीसडक, शंकरदेव, प्रदर्शनीमार्ग, सिंहदरबार पश्चिम गेट, थापाथली, परोपकार प्रसूति गृहलगायतका स्थानमा निःसंक्रमण गरिएको महानगरपालिकाले जनाएको छ ।

काठमाडौं जिल्लामा मात्रै एक हजारभन्दा धेरै संक्रमित रहेको अनुमान छ ।