Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

काठमाडौं “कोरोनाको हट स्पट”

Saturday, August 22, 2020 National Power

काठमाडौं- करिब पाँच महिनासम्म नेपालमा सुस्तरहेको कोरोना संक्रमण अहिले व्यापक रुपमा फैलिएर आम मानिसलाई त्रस्त बनाएको छ । हाल कोरोनाका कारण गम्भीर बिरामीको संख्या बढ्नुका साथै मृत्युदर पनि बढिरहेको छ । विशेष गरी शहरी क्षेत्रका समुदाय तहमा कोरोना व्यापकरुपमा फैलिएकोले आइसोलेसन सेन्टर र अस्पतालहरुले धान्न नसक्ने स्थिति उत्पन्न भई लक्षण नभएका बिरामीलाई घरै बस भन्न थालिएको छ । उपचारको जिम्मा लिँदै आएको सरकारले पीसीआर परीक्षण आफैँ गर भन्न थालेको छ ।

वरिष्ठ दन्तचिकित्सक डा। सुशील कोइराला ‘संक्रमितलाई घरै बसाउँदा घना बस्ती रहेका शहरी क्षेत्रमा रोग नियन्त्रणमा झन् कठिनाइ हुने’ बताउनुहुन्छ । ‘संयुक्त परिवारको परम्पराका हिसाबले बनेका आवास गृहहरु, सरुवा रोगका हिसाबले असुरक्षित कार्यस्थल र सुधार्न नसकेको हाम्रो आचरणका कारण मुख्यतः काठमाडौं उपत्यका कोरोनाको ‘हट स्पट’का रुपमा स्थापित हुन लागेको’ डा। कोइरालाको विश्लेषण छ । प्रस्तुत छ, डा। कोइरालाका अति उपयोगी भनाइहरु समेटेर तयार गरिएको जानकारीमूलक लेख स्

काठमाडौं किन बढी जोखिममा ?

लकडाउन खुलेपछि अब कोरोना सिद्धियो जसरी सरकारले म्यासेज दियो, भोलिपल्टैदेखि मास्क लगाउने र भौतिक दूरी कायम गर्नेहरु घटे । मल, रेस्टुराँहरु भीडंभीड भए । लकडाउन बिस्तारै खोल्नुपथ्र्यो तर सरकारलाई कर उठाउनु थियो, सन्देश राम्ररी दिनेतिर ध्यानै पुगेन ।

अर्को जिम्मेवार पदका नेता, पदाधिकारी, विज्ञ, चिकित्सकहरु मास्क नलगाई श्रव्यदृश्यमा देखा पर्न थाले । टेलिभिजनका समाचार, अन्तर्वार्ता र अन्तरक्रियामा सहभागीहरुले पनि सुरक्षा आचरण पालन गरेनन् । झ्याल–ढोका बन्द गरी एसी चलाएर ट्वाइलेटजत्रा कोठामा मास्क नलगाई चिच्याई–चिच्याई अन्तरक्रिया गर्ने, यस्तै कोठामा मन्त्रालय, विभाग र कर्पोरेट तहका मिटिङ गर्नेहरु अहिलेको सन्दर्भमा पढेलेखेका मूर्खहरु हुन्, जो आफूहरु ‘कोभिड फ्री हो, यो गरिबलाई मात्र लाग्छ’ भन्ने भावना राख्छन् । यसबाट आफूहरु पनि असुरक्षित भए र पब्लिकमा पनि गलत सन्देश गएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।