Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि

Friday, August 21, 2020 National Power

काठमाडौ – पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ८२ सहित देशभर ८३८ जना संक्रमित फेला परेको जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट ५ लाख ७९ हजार ८९९ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १३ हजार ६७९ पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २५० जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १२ हजार २ सय ३४ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या १८ हजार २१४ जना रहेको छ ।