Sunday 16th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

आइसोलेसन भरिएपछि घरमै बस्न बाध्य विराटनगरका कोरोना संक्रमितको मृत्यु

Friday, August 21, 2020 National Power

विराटनगर – विराटनगर महानगरपालिकामा थप एक संक्रमितको बिहीबार राति मृत्यु भएको छ । विराटनगर ६ का ४५ वर्षीय पुरुषको घरमै मृत्यु भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

सोमबार स्वाबको नमुना दिएका उनको बुधबार रिपोर्ट पोजिटिभ आएको थियो । संक्रमण पुष्टि भए पनि आइसोलेसनमा शय्या अभावका कारण उनी घरमै बस्न बाध्य भएका थिए ।

विराटनगर महानगरपालिका-६ का वडाध्यक्ष विजय कामतले संक्रमण पुष्टि भएपछि आइसोलेसनमा लैजाने प्रयास गरेको तर आइसोलेसन केन्द्रहरु संक्रमित बिरामीले भरिभराउ रहेकाले घरमै बस्दै आएका उनको बिहीबार राति अचानक मृत्यु भएको बताए ।

वडाध्यक्ष कामतका अनुसार आइसोलेसन केन्द्रमा शय्या अभावमा वडाभरिमा ४० जना संक्रमित घरमै बस्न बाध्य रहेको बताए । महानगरमा होम आइसोलेसनमा ३ सय ३१ जना रहेका छन् ।