Saturday 5th October 2024

    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक    प्रमोदको स्वरमा ‘आँशुको मूल्य’ सार्वजनिक    नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड

निषेधाज्ञाको दोश्रो दिन : सुनसान काठमाडौं उपत्यका

Friday, August 21, 2020 National Power

   काठमाडौ – सरकारले निषेधाज्ञा अझ कडा गर्ने नीति लिएपछि काठमाडौं उपत्यका सुनसान भएको छ । उपत्यकाको शहरी क्षेत्रमा अत्यावश्यक बाहेकको सवारी साधन सञ्चालन भएको छैन । मानिसहरुको आवतजावत पनि निकै कम छ ।

सरकारले विना काम सडकमा देखिनेलाई कारबाही गर्ने नीति लिएपछि आवागमन ठप्पप्रायः भएको हो । सवारी साधन पनि विरलै देखिएका छन् ।

उपत्यकामा अत्यावश्यक सेवाका पसलहरु विहान मात्र खुलेका छन् । मानिसहरु घर घरमै छन् ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले कडा नीति लिएको छ । निषेधाज्ञाले तीजको रौनक देखिएको छैन । मानिसहरु घर घरमै र सिमित समुदायमा मात्र तीज मनाइरहेका छन् ।

सरकारले ४ भाद्रबाट १० भाद्रसम्म उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ । उपत्यकामा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि निषेधाज्ञा जारी गरेको हो ।