Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

भारतमा एकैदिनमा ५७ हजार सङ्क्रमणमुक्त

Sunday, August 16, 2020 National Power

काठमाण्डौ – भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकैदिनमा ५७ हजार जना सङ्क्रमणमुक्त भएका छन् ।भारतको केिन्द्रय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५७ हजार ३८१ पुगेको छ । मन्त्रालयका अधिकारीहरुले कोरानाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको संख्या पछिल्लो समय भारतमा बृद्धि हुदै गएको जनाएका छन् ।

सङ्क्रमणमुक्त भएकाहरु मध्ये केही अस्पतालमा उपचार गराईरहेका सङ्क्रमितहरु रहेका छन् भने केही घरमै आइसोलेसनमा बसेकाहरु रहेका छन् । भारतमा अहिलेसम्म झण्डै १८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । मन्त्रालयद्धारा जारी प्रेस वक्तव्यमा १८ लाख ८ हजार ९३६ जना सङ्क्रमणमुक्त भएको उल्लेख गरिएको छ ।

अधिकारीहरुका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या छ लाख ६८ हजार २२० रहेको छ । यो संख्या कुल सङ्क्रमितको २६।४५ प्रतिशत मात्रै हो ।
भारतमा सङ्क्रमणमुक्त हुनेहरुको संख्या जसरी बढीरहेको छ परीक्षण गर्ने क्रम पनि उत्तिकै बढाईएको छ । पछिल्लो २४ घण्टामा आठ लाख ६८ हजार ६७९ जनाको परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म दुई करोड ८५ लाख मानिसको कोरोना परीक्षण गरिएको छ । एएनआई