Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

मापदण्ड पालना गर्न नमोबुद्धका व्यवसायी तयार

Saturday, August 15, 2020 National Power

भकुण्डे–नमोबुद्ध नगरपालिकाका क्रसर तथा खानी व्यवसायीहरु मापदण्डअनुसार खानी सञ्चालनका लागि तयार भएका छन् ।
सरकारले जारी गरेको ढुंगा, गिटी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्वन्धी मापदण्ड २०७७ पालना गरी उद्योग सञ्चालनका लागि नगरभित्रका व्यवसायी तयार भएका हुन् । सरकारले जारी गरेको मापदण्डका विषयमा शुक्रबार नगरपालिकामा भएको छलफलको क्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले मापदण्ड पालना गर्न व्यवसायीहरुलाई निर्देशन दिएका थिए । तिमल्सिनाले मापदण्डविपरित सञ्चालन हुने कुनै पनि उद्योग कानुन बमोजिम कार्बाहीमा पर्ने पनि बताएका थिए ।
सरकारले हालै नदि तथा खाजीजन्य उद्योगका लागि मापदण्ड जारी गरेको थियो । नमोबुद्ध नगरपालिकामा ६ वटा यस्ता उद्योग सञ्चालनमा रहेका छन् ।
–२०७७ साउन ३१ गते