Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

सिन्धुपाल्चोकमा पहिलरोमा परि ३८ जना वेपत्ता,३७ घर पहिरोले पुरिए

Friday, August 14, 2020 National Power

काठमाडौं- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ । ३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सीर्जना तामाङले रातोपाटीलाई जानकारी दिइन् । क्षतिबारे प्रहरीले औपचारिक जानकारी भने दिन बाँकी रहेको छ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि नेपाली सेनाको हेलिकप्टरमा लिदी पुगेका छन् । झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थल पुगेको सैन्य प्रवक्ता ९सहायकरथी० सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन् । कात्तिके र जलबिरेबाट हिँडेको नेपाल प्रहरीको उद्धार टोली घटनास्थल पुगेको छ । यस्तै पहिरोमा पुरिएर पाँच जना गम्भीर घाइते भएका छन् ।