Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

ब्राजिलबाट निर्यात गरिएको कुखुराको मासुमा कोरोना भाइरस

Thursday, August 13, 2020 National Power

एजेन्सी- कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ । ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस भेटिएको हो । चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीले उहु सिटीस्थित रेष्टुरेन्टमा कुखुराको मासुमा कोरोना भाइरस भेटेको जनाएको छ । सेन्जेन शहरको स्थानीय प्रशासनले विज्ञप्तिमार्फत् उक्त कुराको जानकारी गराएको हो । विज्ञप्तिमा फ्रोजन कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको जनाइएको छ । रेष्टुरेन्टमा कुखुराको मासु खाएकाहरुमा कोरोना संक्रमण समेत भेटिएको हुनसक्ने जनाइएको छ ।