Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

दुई हजार चार सयले बढ्यो सुनको भाउ

Thursday, August 13, 2020 National Power

काठमाडौं –  बुधबार ठूलो अन्तरले घटेको सुनको भाउ बिहीबार पुनः बढेको छ । प्रतितोला दुई हजार चार सय रुपैयाँले सुनको भाउ बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजकालागि महासंघले सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार तीन सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ १२ सय ९५ रुपैयाँ पुगेको छ ।

सातको सुरुआत देखिनै निरन्तर घट्दो क्रममा रहेको सुनको भाउ बुधबार एकैदिन हालसम्मकै उच्च ६ हजार दुई सय रुपैयाँले घटेको थियो । रुसले कोभिड १९ बिरुद्धको खोप बनाएको घोषणा पछि लगानीकर्तामा मनोबाल बढेको र सुनमा गरिने लगानी घट्दा मूल्य ओरोलो लागेको विश्लेषण अन्तराष्ट्रिय बजारमा गरिएको थियो ।