Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

धनगढीमा थप दुईजनामा कोरोना पुष्टि, संक्रमितको ‘ट्राभल हिस्ट्री’ छैन्

Tuesday, August 11, 2020 National Power

धनगढी- सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा बाह्य ‘ट्राभल हिस्ट्री’ नभएका एक सहित दुईजनामा कोरोना पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ र ७ का दुई पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार संक्रमण देखिएका वडा नम्बर ७ का २७ वर्षीय पुरुष र वडा नम्बर ३ का ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। २७ वर्षीय पुरुष भारतको राजस्थानबाट फर्किएको भएपनि अर्का संक्रमितको ट्राभल हिस्ट्री नभएको अस्पतालले जनाएको छ। उनी धनगढीको एक निर्माण सेवामा कार्यरत कर्मचारी हुन्। यसअघि आईतबार पनि धनगढीमा ट्राभल हिस्ट्री नभएका दुईजनामा कोरोना पुष्टि भएको थियो।

धनगढीमा अहिले सम्म एक सय ३४ जनामा कोरोना पुष्टि भएकोमा कुनै ट्राभल हिस्ट्री नभएका संक्रमितको संख्या ९ पुगेको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। धनगढीमा ट्राभल हिस्ट्री नै नभएका कोरोना संक्रमित भेटिन थालेपछि जोखिम बढेको भन्दै सर्तकता अपनउन आग्रह गरिएको छ।