काठमाडौं– भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने यस वर्षको हरिश भुवन चन्द पुरस्कार र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार आज साउन २५ गते आइतबार दुई भिन्न कार्यक्रमका बीच प्रदान गरेको छ ।
५ दशक देखि नेपाली चलचित्र र रंगमन्चमा अनवरत रूपमा कार्यरत विशिष्ट रंगकर्मी तथा चरित्र अभिनेत्री श्रीमती शकुन्तला शर्मालाई चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र ६ दशक भन्दा बढी समय देखि नेपाली रंगमन्च तथा नृत्य निर्देशनको क्षेत्रमा कार्यरत भैरव बहादुर थापालाई हरिश भुवन चन्द पुरस्कार अर्पण गरिएको छ ।
दुबै पुरस्कारहरुको राशी जनही एकाउन्न हजार रुपैयाँ रहेको छ । कोभिड–१९ कोरोनाको संक्रमण बढिरहेको अवस्था भएकाले पुरस्कार अर्पणको कार्यक्रम जमघट नगरी फाउण्डेसनका पदाधिकारी र केही संचारकर्मीको उपस्थीतिमा सम्पन गरिएको थियो ।
बिशिष्ट नृत्य निर्देशक भैरव बहादुर थापालाई पुरस्कार र सम्मान अर्पण कार्यक्रममा कामनपा वडा नं ५ का वडा अध्यक्ष रमेश डंगोल, निर्देशक सम्झना उप्रेती रौनियारको उपस्थिती रहेको थियो भने विशिष्ट रंगकर्मी तथा चरित्र अभिनेत्री श्रीमती शकुन्तला शर्मालाई पुरस्कार र सम्मान अर्पण गर्ने कार्यक्रममा विशिष्ट चलचित्रकर्मी हरिहर शर्माको उपस्थिती रहेको थियो ।
स्थापना वर्षको पुरस्कार गत वर्ष चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई एकलाख त्रिपन्नहजार रूपैया अर्पण गरिएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनका सचिव मोहन निरौलाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।