काठमाडौं – सुमित्रा गौतमको स्वर रहेको तिजगीत सम्झायो माइतीघर सार्वजनिक भएको छ । दुर्योधन बस्नेतको शब्दरचना, सुरेश शाहीको संगित तथा संगित संयोजन रहेको उक्त गीत वर्ल्डकभर मिडियामार्फत सार्वजनिक गरिएको हो । वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यस भिडियोमा एलिना रायमाझी, सुरवीर पण्डित, विद्या कार्की, सम्झना भण्डारी लगायतका कलाकारहरुको आकर्षक नृत्य रहेको छ ।
गीत समीर थोकरको कोरियोग्राफी, ललित केसीको निर्देशन तथा वीरेन्द्र भाट ‘विपिन’ र रामसिंह भाटको सिनेम्याटोग्राफीमा भिडियो निर्माण भएको हो । जसमा वीरेन्द्र भाट ‘विपिन’ ले सम्पादन एवं कलर करेक्शन गरेका छन् । भिडियोमा लोकेश भाटको सह सम्पादन रहेको छ ।