काठमाण्डौ- कोरोनाको विश्वव्यापी माहामारीका कारणले सिथिल भएको नेपाली सांगितिक क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । विशेष गरी चाडवाड लक्षित गीतहरु यतिवेला धमाधम दर्शक एवं श्रोताहरुको विचमा आईरहेका छन् ।
पछिल्लो समय तीजलाई लक्षित गीतहरु भड्किलो र असुहाँउदो गीतहरु वनिरहेको वेलामा गायिका सावित्री भूजेल र मोडल तथा निर्देशक शिवन पोखरेलको समुहले वजारमा लिएर आएका छन् ।
सावित्री भूजेल र उनको समुहले नेपाली मौलिक भाषा र भाकालाई टपक्कै टिपेर दर्शक र श्रोताहरुमाझ “मानिन बाई” वोलको तीज गीत लिएर आएका छन् ।
सावित्री भूजेल नेपाली लोक साँगितिक क्षेत्रको लागी सुनिएकै नाम हो भने शिवन पोखरेल पनि विगत २ दशक देखी नेपाली कलाकारिता क्षेत्रमा मोडल तथा निर्देशकको रुपमा सक्रिय रहेका छन् ।
शिवन र सावित्रीको समुहले प्रस्तुत गरेको यो मौलिक तीज गीतलाई दर्शकहरुले पनि रुचाईएको पाईएको छ , यस्ता मौलिक प्रस्तुतीहरुले पक्कै पनि चाडवाडको नाममा दर्शकहरुलाई भड्किलो प्रस्तुती दिनेलाई गतिलो झापड समेत हानेको छ ।
प्रल्हाद सुवेदीको शब्द रचना, हरी विमर्शीको संगीत रहेको उक्त गीतको निर्देशन कुमार केसीले गरेका छन् भने टेकेनद्र शाहको सम्पादन र अजय रेग्मीको छायांकन रहेको छ ।
शिवन र सावित्रीको अभिनय रहेको उक्त गीतलाई शर्दक एवं श्रोताहरुले मन पराउनेमा निर्माण टिम विश्वस्त रहेको छ ।