Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि बग्गीखाना सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा

Sunday, August 2, 2020 National Power

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ भने

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले अनलाइनखबरसँग भने, ‘मसमेत ३७५ जना ब्यारेक–ब्यारेकमै छौं । अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ ।’उनले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको जानकारी दिए । आफूले अरुसँग भेटघाट बन्द गरेको उनले बताए ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी ढकालले भने, ‘कम प्रेसर भएको ठाउँका ट्राफिक प्रहरीलाई झिकेर बढी प्रेसर भएका ठाउँमा पठाएर मिलाएका छौं ।’