Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

सोमा र सविनाको चेतनामुलक गीत ‘बोकी सधैं दुनियाँमा’ सार्वजानिक

Friday, July 31, 2020 National Power

काठमाडौँ – नेपाली सांगितिक क्षेत्रमा सक्रिय गायिका सबिना श्रेष्ठ, सोमा खत्री तथा गायक सप्रेम सागरको सुमधुर आवाजमा नारी चेतना मुलक गीत ‘बोकी सधैं दुनियाँमा’ सार्बजनिक भएको छ।

सामाजिक कार्य र महिला ससक्तिकरणमा अग्रणी भूमिका निर्बाह गरेका दुइ महिला सोमा खत्री र सबिना श्रेष्ठले नारीहरुलाई चेतना फैलाउन तथा समाजमा घटिरहेका विभिन्न घट्नाहरुलाई उजागर गर्दै त्यसको बिरुद्ध आवाज उठाउन आव्हान गर्दै उक्त गित सार्बजनिक गरेका हुन्।

समाजिक गीतहरुमा कलम चलाउँदै आउका गीतकार देवदत्त भट्टको शब्द र सप्रेम सागरको संगीत रहेको गीतको म्युजिक भिडियोलाइ विपिन भाटको सम्पादन, जनक अधिकारीको छायांकन रहेको छ भने दिनेश अधिकारिले निर्देशन गरेका छन्।

म्युजिक भिडियोमा गायिका तथा माननिय कोमल ओली, अधिवक्ता राजेन्द्र शर्मा, गीतकार देवदत्त भट्ट लगायत गायिकाद्धय सोमा खत्री र सविना श्रेष्ठले समेत अभिनय गरेका छन् ।

वुढासुव्वा म्यूजिकवाट सार्वजानिक गरिएको उक्त गीतलाई आम दर्शक एवं श्रोताहरुले मन पराउनेमा गायिकाद्धय विश्वस्त रहेका छन् ।