Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

के सुशान्तको बैंकबाट रियाले निकालेकी थिइन् १५ करोड ?

Friday, July 31, 2020 National Power

मुम्बई – नायक सुशान्त सिंह राजपुतको निधनको बिषय अब नयाँ मोडमा प्रवेश गरेको छ । मुम्बई प्रहरीले सुशान्तको निधनको बिषयमा बलिउडकर्मी तथा उनको आफन्तसँग सोधपुछ गरिरहेको छ । यसैविच, सुशान्तका पिताले पटना प्रहरीमा रिया चक्रवर्तीविरुद्ध एफआइआर दर्ता गरेपछि पटना प्रहरीले पनि यसको छानबिन गरिरहेको छ । पटनाबाट ४ प्रहरी अफिसर्स मुम्बई पुगेका छन् ।

सुशान्तका पिताले रिहाले सुशान्तको बैंक एकाउन्टबाट १५ करोड रुपैयाँ ट्रान्सफर गरेको भन्दै उजुरी दिएका थिए । मुम्बई र बिहार प्रहरीपछि अब यो केसमा प्रवर्तन निर्देशालयले पनि अनुसन्धान अगाडि बढाएको छ । रियाले १५ करोड रुपैयाँ सुशान्तको बैंकबाट निकालेको बिषयमा निर्देशालयले अनुसन्धान गरिरहेको छ ।

सुशान्तका पिताले दर्ता गरेको एफआइआरमा सुशान्तको बैंक खाताबाट रियाले आफ्नी आमा, भाई र आफ्नो खातामा रकम ट्रान्सफर गरेको आरोप लगाइएको छ । नायिका रिया चक्रवर्तीले सुशान्तसँग आफू लिभिङ टूगेदरमा रहेको जानकारी भारतको सर्वोच्च अदालतलाई दिएकी छिन् । रियाले रकम ट्रान्सफर गरेको बैंक खाता उनी र उनका भाई प्रमुख रहेको कम्पनीको भएको मुम्बई प्रहरीले भारतीय मिडियालाई बताएको छ ।