Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

Friday, July 31, 2020 National Power

ललितपुर – ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ९ : १५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा। खगेश्वर गेलाले बताए ।

ललितपुर थसिखेलका बासिन्दा उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । तर हालसालै वीरगञ्जबाट आएकी थिइन् । स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल सारिएको थियो । बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।