Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

यो एक शब्द जसले सुमधुर बनाउँछ, तपाईंको सम्बन्ध

Thursday, July 30, 2020 National Power

काठमाडौँ – सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । सम्बन्ध पनि त्यस्तै हो, एक –अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त्र छोडिदियो भने कता पुगिसक्छ थाहा नै हुदैँन । त्यसैले जीवन जति संवेदनशील छ सम्बन्ध पनि उत्तिकै छ ।

आजभोलि सम्बन्धहरु नाजुक बन्दै गइरहेका छन् । प्रविधि र विज्ञानको विकासले मानिसलाई अनावश्यक आवश्यकता र तनावतिर डोर्याइरहेको छ । मानिसहरु के कारणले सम्बन्धमा दरार आउँदै छ भन्ने कुरातर्फ कहिल्यै ध्यान दिदैँनन् तर सम्बन्ध बिग्रिएकोमा भने गुनासो गर्दै हिँड्छन् ।

सम्बन्धमा तित्तता आउनुमा एक अर्काबीच हुने संवाद मुख्य हुने एक अध्ययनले देखाएको छ । मानिसहरुको बोलीले उनीहरुको सोचाई दर्शाउँछ । उनीहरु जस्ता शब्दहरु प्रयोग गरिरहेका हुन्छन्, ती शब्दहरुले मानिसको सोच्ने क्षमता कस्तो छ भन्ने पत्ता लाग्ने अध्ययनमा उल्लेख छ र

क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययनले जुन सम्बन्धमा जोडीले ‘म’ सट्टा ‘हामी’ शब्द प्रयोग गर्छन् ती जोडीको सम्बन्ध निकै राम्रो भएको बताएको छ । ति मानिसहरु आफूलाई आफ्नो साथीको नजिक भएको महसुस गर्ने बताइन्छ । उक्त अनुसन्धानको लागि ३० वटा अध्ययन गरिएको थियो । जसमा ५ हजार प्रतियोगी सहभागी भएका थिए । अध्ययनपूर्व सहभागीहरुको व्यवहार, सम्बन्ध, खुशी साथै शारीरिक र मानसिक स्वास्थ्य स्थितिको विषयमा अध्ययन गरिएको थियो ।

अध्ययनले पार्टनरबीच हुने कुराकानीका क्रममा जो ‘हामी’ शब्दको प्रयोग गर्छन् ति व्यक्तिहरु निकै खुशी भएको पाइयो । वास्तवमा ‘हामी’ शब्दको प्रयोग गर्नेहरु एक–अर्काप्रति समर्पित हुने र हरेक पलमा साथ दिने गर्छन् । उनीहरु आफ्ना पार्टनरको ख्याल राख्ने गर्छन् । उनीहरु एक–अर्कालाई पाएकोमा खुशी महसुस गर्छन् र सम्बन्धमा सधैँ न्यायोपन ल्याइराख्छन् ।