Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

कोरोनाबाट मृत्यु हुने साढे ६ लाख नाघे

Tuesday, July 28, 2020 National Power

काठमाडौं –  कोरोना भाइरस (कोभिड) १९० बाट विश्वभर मृत्यु हुनेको संख्या ६ लाख ५० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण ६ लाख ५३ हजार ३५३ जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा अहिलेसम्म एक लाख ४८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै ब्राजिलमा ८७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै बेलायतमा अहिलेसम्म ४५ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या पनि एक करोड ६४ लाख नाघिसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ४२ लाख ९० हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने ब्राजिलमा पनि २४ लाख ४२ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् । भारतमा पनि १४ लाख ८५ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । अहिलेसम्म विश्वभर कोरोना भाइरसका ९५ लाख ३१ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।