काठमाडौ – सुर्योदयको देश जापानमा पहिलो संस्करण भव्य रुपमा सम्पन्न भएको विश्वको पहिलो भनेर भनिएको “ईन्करेजमेन्ट अवार्ड २०१९” को सफलता पछि थ्रि एस् मिडिया हाउस नेपालले दोस्रो “ईन्करेजमेन्ट अवार्ड २०२०” घोषणा गरेको छ ।
उक्त कार्यक्रमका निर्देशक तथा थ्री एस मिडिया हाउस नेपालका अध्यक्ष समीर लामाका अनुसार दोस्रो “ईन्करेजमेन्ट अवार्ड २०२०” मंसिर पहिलो साता जर्मनीको बर्लिन शहरमा हुने बताएका छन । पहिलो संस्करण जापानको टोकियोमा सम्पन्न भए सङगै यस संस्करणलाई जर्मनीमा गर्न लागेको अध्यक्ष लामाले बताएका छन ।
यो अवार्ड बिश्वकै पहिलो समाबेशी अवार्ड रहेको लामाको दाबी रहेको छ भने विभिन्न बिधामा गरि कुल ४६ वटा बिधा रहेको र उक्त अवार्डमा सबै क्षेत्रका ब्यक्तित्वहरुलाइ प्रोत्साहन गर्ने हेतुले अवार्ड कार्यक्रमको आयोजन हुँदै आएको अध्यक्ष लामाले बताएका छन ।
मंसीरको दोश्रो हप्ता जर्मनीको वर्लिनमा सम्पन्न हुने दोश्रो “ईन्करेजमेन्ट अवार्ड २०२०” लाई आयोजक थ्री एस मिडिया हाउस नेपालले संयोजन गर्ने छ भने उक्त कार्यक्रममा नेपालवाट ख्याति प्राप्त कलाकारहरु र प्रतिष्ठित समाजसेवीहरु सहभागी हुने आयोजकले वताईएको छ । कार्यक्रममा यूरोपमा वासोवास गर्ने नेपालीहरुको उल्लेखनिय रुपमा सहभागिता रहने पनि जनाईएको छ ।
यस अवार्डको नोमिनेशन कार्यक्रमलाई सामाजिक दुरि कायम गरि भाद्र अन्तिममा सम्पन्न गरिने जनाईएको छ भने नोमिनेसन फारम साउन ७ गते देखिनै खुलेको कार्यक्रमका संयोजक अमृत लामाले बताएका छन् ।