Friday 21st March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

गीता र सारिकाको तीजको कोशेली “चुरा वजाउँदै” ( भिडियो सहित)

Monday, July 27, 2020 National Power

काभ्रेपलान्चोक – नेपाली महिला हरुको महान् पर्व तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यही मेसोमा गत तीन वर्षदेखि लगातार तीजका गीत स्रोता/दर्शकमाझ पस्किदै आएकी सञ्चारकर्मी गीता अधिकारीले ‘बजाउँदै चुरा…’ लिएर आएकी छन् ।

सारिका घिमिरेको स्वरमा रहेको सार्वजनिक तीज गीत ‘बजाउँदै चुरा…’मा योगेश काजीको सङ्गीत तथा एरेञ्ज रहेको छ । स्टुडियो १डीबी एचडीमा रेकड्ङि गरिएको गीतमा एचवीएन किस्मतको मिक्सिङ तथा माष्टिरिङ रहेको छ । सार्वजनिक लिरिकल भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् ।

गीता र सारिकाले यसभन्दा अघि ‘यतै घमाइलो उतै घमाइलो…’सन्देश मुलक तीज गीत लिएर आएका थिए भने गत वर्ष ‘तीजैमा ब्रत बसी…’ लिएर आएका थिए ।

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण गीतको भिडियो छायाँकन गर्न असमर्थ भएका कारण लिरिकल भिडियो सार्वजनिक गरेको गीता/सारिकाले बताए । यसभन्दा अघि सार्वजनिक गीत जस्तै ‘बजाउँदै चुरा…’ले पनि सबैको माया र साथ पाउने आफूहरुले अपेक्षा लिएको उनीहरुले बताए । गीतको भिडियो युट्युव च्यानल द ट्युन मार्फत सार्वजनिक गरिएको छ    ।