काठमाडौं – इटालियन सिरी एमा दोस्रो स्थानको एटलान्टाले एसी मिलानसँग बराबरी खेलेको छ । मिलानका गोलकिपर जियानलुजी डोनारुम्बाले पेनाल्टी बचाएपछि एटलान्टाले बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मदानमा भएको खेलको १४औं मिनेटमा हाकन चालहानोग्ले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
२६औं मिनेटमा एटलान्टाले बराबरीको मौका गुमायो । एटलान्टाका रुस्लान मालिनोभ्स्कीको पेनाल्टी प्रहार मिलानका गोलकिपर डोनारुम्बाले बचाए । तर ३४औं मिनेटमा डुभा जापाटाले एटलान्टाको लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा थप गोल भएन र दुवै टोलीले बराबरीपछि एक(एक अंक बाँडे ।
बराबरीपछि ३६ खेलबाट ७५ अंकसहित दोस्रो स्थानमा छ । समान खेलबाट ६० अंक जोडेको मिलान छैटौं स्थानमै यथावत छ । एक खेल कम खेलेको युभेन्ट्स ८० अंकसहित शीर्ष स्थानमा छ । युभेन्ट्सले अब साम्पडोरियालाई पराजित गरे २ खेल अगावै लिग जित्नेछ ।