Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

खाल्डोमा जमेको पानीमा डुबेर झापामा तीन जना बालकको ज्यान गयो

Thursday, July 23, 2020 National Power

काँकडभिट्टा — झापाको भद्रपुरमा खाल्डोमा जमेको पानीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको हो । प्रहरीका अनुसार भद्रपुर–२ डिगाउँका १० वर्षका अंकुश तामाङ, भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा अन्दाजी १२ र १४ वर्षका करण र अर्जुन थामी खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार बुधबार दिउँसो तीनै जना बालक कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा गएका थिए । घरमा कसैलाई नभनी गएका तीन जना बालक अबेरसम्म घर फर्किएका थिएनन् । खोजी गर्ने क्रममा बुधबार साँझ ७ बजे तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो । बिहीबार बिहान थामी दाजुभाइको शव पनि त्यही पोखरीबाट फेला पारिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।

निर्माण कम्पनीले जथाभावी खाल्डो खनेर छाडेका कारण दुर्घटना भएको भन्दै मृतकका परिवार र स्थानीयवासीले नगरपालिका र निर्माण कम्पनीप्रति आक्रोश पोखेका छन् ।