काभ्रेपलान्चोक – मोडल भिम खड्का अभिनित डेउडा गीत”राम साईला”सार्वजनिक भएको छ । यो गित टिकटकमा निकै भाइरल भएको छ । यति बेला टिकटक भरी नै राम साईला गितको निकै चर्चा चुलिएको छ ।
भिम खड्काले यो भन्दा पहिला पनि धेरै गितमा अभिनय गरिसकेका छन । उनले अभिनय गरेका गित धेरै चर्चामा छन ।अहिले कि चर्चित गायिका एलिना चौहान र नरेश बिबिसी को स्वर रहेको गीत बुधबार नरेश बिविसी को युट्युब च्यानल बाट सार्वजनिक गरिएको थियो ।
बिबिसी कै लय र शब्द रहेको यस गीतमा माया पिरती का कुरा भिडियो मार्फत प्रस्तुत गरिएको छ । भिडियो लाई आयुष छेत्रीले निर्देशन गर्नु भएको छ।
अनुप बि.क को छायांकन रहेको गितमा सम्पादन भने मीन रावल को रहेको छ । मोडेल खड्का सँगै मोडेल पुजा अधिकारि पनि यस भिडियोमा फिचर्ड भएकी छिन् । https://youtu.be/FqJL6eMkIUg