Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

वाग्मती नदीमा फसेका दुईजनाको उद्धार

Tuesday, July 21, 2020 National Power

जनकपुरधाम – सर्लाहीको वाग्मती नदीको बाढीमा फसेका दुई जनाको सकुलश उद्धार गरिएको छ । बागमती नगरपालिका-१२ स्थित वाग्मती नदीको बाढीमा फसेका दुई जनालाई प्रहरीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नदीमा दाउरा झिक्न गएका स्थानीय २४ वर्षीय डेटमान गोले र १६ वर्षीय निरज तितुङ्ग खोलाको बीच भागमा फसेपछि उनीहरुको उद्धार गरिएको प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । बाढीमा दुई जना युवक फसेको सूचना पाएपछि प्रहरी नायव निरीक्षक मोहनमणी कटुवालको नेतृत्वमा खटिएको ८ जना प्रहरीको टोलीले दुवै जनालाई सकुशल उद्धार गरेको कुँवरले बताए । उनका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । लगातारको वर्षाले वाग्मतीसहित प्रदेश २ का नदी र खोलाको सतह बढ्दै गएको छ ।