Sunday 16th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

काभ्रे‍ शिक्षक संघको माग ; विद्यालयबाट क्‍वारेन्टाइन हटाउ

Friday, July 17, 2020 National Power

 काभ्रेपलान्चोक — नेपाल शिक्षक संघ काभ्रेले जिल्लाका सामुदायिक विद्यालयमा स्थानीय तहमा निर्माण गरेका क्‍वारेन्टाइन हटाउन माग गरेका छन ।

काभ्रेपलान्चोक जिल्लाभर विद्यालयमा बनाइएका क्‍वारेन्टाइनले नराम्रो असर गर्न भएकाले सबै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउँदै संघले स्वच्छ एवम् स्वस्थ वातावरण कायम गर्न माग गरेको हो ।

विद्यालय र विद्यार्थी उच्च जोखिममा रहेको भन्दै शिक्षक संघले जिल्लाका स्थानीय तहमा ज्ञापनपत्र बुझाउँदै संघले पालिकाभित्रका शिक्षक र विद्यार्थीहरुको पीसीआर परीक्षण गर्न र सम्पूर्ण शिक्षकको स्वास्थ्य बिमा गर्न र पीपीईको व्यवस्था गर्न पनि माग गरेको छ ।

शिक्षक संघले २०५७ साल अघि स्थायी नियुक्ति पाई प्राविधिक रुपमा २ ग्रेड खाँदै आएका शिक्षकहरुलाई निजामतीसरह २ ग्रेड उपलब्ध गराउने अदालतको फैसला, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्रलाई कार्यान्वयन गर्न पनि माग गरेको छ ।

१३ वटै पालिकामार्फत स्थानीय सरकारको ध्यानाकर्षण गराएको शिक्षक संघ काभ्रेका सचिब शम्भु प्रसाद घिमिरे ले जानकारी गराऊनु भयो ।