Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

देश भक्ती गीत “मेरो देश नेपाल” भिडियो सहित सार्बजनिक

Friday, July 17, 2020 National Power

नेपालका ख्यातीप्राप्त १६ जना कलाकारको स्वर रहेको देश भक्ती गीत “मेरो देश नेपाल” भिडियो सहित सार्बजनिक गरीएको छ । गीतमा ख्यातीप्राप्त गायक गायीकाहरु राजेशपाएल राई,प्रमोद खरेल,राज सिग्देल,अर्जुन पोखरेल,राजु परियार,मेलिना राई,कृष्ण काफले,अनिता चलाउने,बुद्ध लामा,निसान भट्टराई,किरण भुजेल,अस्मिता अधिकारी,प्रबिन बेडवाल,समिक्षा अधिकारी लगाएतको स्वर रहेको छ ।
निर्देशक बिधान कार्कीको निर्देशनमा तयार भएको बिपतीले हार मान्छ यहाँ “मेरो देश नेपाल” गीतको भिडियोमा रुबिना अधिकारी संगै गायक गायीका सबैले अभिनय गरेकाछन् । गायिका अनिता चलाउनेको प्रस्तुतीमा डिभाईन म्युजिक तथा नेपसिनेको सहकार्यमा गीतको भिडियो तयार पारीएको हो ।
गीतलाई अहिलेका चर्चीत संगिंतकार अर्जुन पोख्ररेलले संगीत भरेकाछन् भने अम्बिका शर्माको शब्द रहेको छ । राष्ट्रिय भावाना समेटीएकोे गीतको भिडियोलाई उत्सब दाहालले छायाँकन र बिकाश दाहालले सम्पादन गरेकाहुन ।
गीतले राष्ट्रियताको आवाज बोलेको निर्देशक कार्कीले बताएकाछन् । नेपालीको दैनिकी र यसको सेरफोरो रहेको गीतको भिडियो मार्फत देश र राष्ट्रको माया जगाएको छ । निर्देशक कार्की पछिल्लो समयका ब्यस्त म्युजिक भिडियो निर्देशकका रुपमा रहेका छन । गएको महिनामा मात्र उनले करीब ४ वटा भिडियो निर्देशन गरिसकेकाछन् ।