Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

भीषण बाढीमा फसेको पूर्वी चीन

Friday, July 17, 2020 National Power

पछिल्लो केही दिनदेखि मध्य र पूर्वी चिनियाँ इलाका भयंकर बाढीमा घेरिएको छ । चीनको सबैभन्दा ठूलो ताल पोयांगमा बनेका थुप्रै बाँध टुटेका छन् । चीनको नेशनल वेदर सेटलाइट सेन्टरको डाटा अनुसार तालको पानी रेकर्ड स्तरको पुगेको छ ।

यसै हप्ता अधिकारीले बताए अनुसार देशका ३३ नदीमा बाढी आएको छ । यस्तै याग्त्जी नदीको इलाकामा लगातार वर्षा भइरहेको छ । बुधबार जल संसाधन मन्त्रालयका अनुसार याग्त्जी नदीको मध्य र तल्लो इलाकामा डोंगटिंग र पोयांग नलीमा पानी क्रमशः कम भइरहेको छ ।

बाढी नियन्त्रणका लागि जिम्मेवार मन्त्रालयका अनुसार देशभरी ९८ नदीको पानी अहिले पनि खतरनाक स्तरमा पुगेको छ । थुप्रै भवनलाई पानीले घेरिएको देख्न सकिन्छ । हालसम्म १४० व्यक्तिको मृत्यु भइसकेको छ र दसौं लाख व्यक्तिलाई सुरक्षित स्थानमा पुर्याइसकिएको छ । लुशान शहरको तालको किनारा बाँध्न सैनिक पठाइएको छ ।

स्रोतः बीबीसी