काठमाडौ – नेपाली सङ्गीतकर्मीले पनि विश्वव्यापी काम गर्न सक्छन् भन्ने तथ्यलाई सङ्गीतकार सन्तोष श्रेष्ठले प्रमाणित गरिदिएका छन् ।
विश्व सङ्गीतको इतिहासमा पहिलोपटक बाह्र अन्तर्राष्ट्रिय भाषामा सङ्गीत गरेबापत विश्वकै प्रतिष्ठित संस्था गिनिज वल्ड रेकर्डले सङ्गीतकार सन्तोष श्रेष्ठलाई विश्व कीर्तिमानी सङ्गीतकारको प्रमाणपत्र प्रदान गरेको छ ।
डा. डी.आर. उपाध्यायको शब्दमा नेपाली, हिन्दी, चाइनिज, जापानी, अङ्ग्रेजी, रसियन, कोरिन, फ्रेन्च, स्पेन, इटालियन,जर्मन,थाइ गरि चौध भाषामा गीत रेकर्डिङ गरिएको थियोे ।
यस्ता साङ्गीतिक सिर्जनशीलताले नेपाली सङ्गीतलाई विश्व सङ्गीतमा परिचित र स्थापित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने सङ्गीतकार सन्तोष श्रेष्ठले जानकारी गराए ।